|  

चलचित्रको प्रदर्शनमा असमान व्यवहार जारी रहे आन्दोलन गर्ने संघको चेतावनी

३० कात्तिक, काठमाडौं । नेपाल चलचित्र निर्माता संघले नेपाली चलचित्रको प्रदर्शनमा असमान व्यवहार जारी रहे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासचिव सुनिल कुमार थापाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रदर्शकहरूको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताको लागि आह्वान गरेका छन् ।  अन्यथा नेपाली चलचित्र निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशी लगायतको कुनै पनि भाषाका सिनेमाहरुको प्रदर्शन गर्न नदिने उनको चेतावनी छ ।

निर्माता संघले उठाएका मुद्दामा सहमतिमा आउन प्रदर्शकहरूको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताको लागि आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा नेपाली चलचित्र निर्माताको अस्थित्व रक्षार्थ नेपाली र विदेशी लगायतको कुनै पनि भाषाका सिनेमाहरूको प्रदर्शन गर्न नदिई, कडा रूपमा प्रस्तुत भई चारणबद्ध आन्दोलन अन्तिम लडाइँमा होमिने प्रस्ट पार्न चाहन्छौँ । 


370139473_358779856606270_4439617327633319354_n