|  

सांस्कृतिक हिसाबले देशलाई पतनमा लैजाने प्रयास भइरहेको छः ओली 

२ मंसिर, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सक्रिय युवाको जनसङ्ख्या पर्याप्त रहे पनि युवाहरूमा निराशा रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा भएको एमालेको जनसङ्गठनको विशेष बैठकलाई सम्बोधन गर्दै उनले नेपालको ६० प्रतिशत बढी जनसङ्ख्या सक्रिय रहेको, ४२ प्रतिशत युवा जनशक्ति रहेको भने पनि अहिले  समग्र जनशक्तिको १० प्रतिशत युवा बाहिर जाने अवस्था रहेको बताए । उनले देश देश राजनीतिक अस्थिरता र अराजकतामा गएको बताएका छन् ।

देशमा आर्थिक अवस्था ओरालोमा लागेको, सामाजिक विशृङ्खलता बढिरहेको सामाजिक सद्भाव बिथोल्ने क्रियाकलाप भइरहेको ओलीले बताएका छन् । सांस्कृतिक हिसाबले देशलाई पतनमा लैजाने प्रयास भइरहेको ओलीले टिप्पणी गरेका छन् ।