|  

नेपाली बजारमा आज सुनको मूल्य स्थिर 

०३ मंसिर, काठमाडौं । कारोबारको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

शुक्रबार १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज पनि सोही  मूल्यमा कारोवार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । शुक्रबार १ हजार ४ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।