|  

भूकम्प क्षेत्रमा महामारी फैलिए परिणाम भयावह हुनेछः डा.केसी

३ मसिंर, काठमाडौं । चिकिसा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसीले जाजरकोट भूकम्पग्रस्त क्षेत्रमा महामारीजन्य रोग फैलन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनले सो क्षेत्रमा झाडापखाला र श्वासप्रश्वासजन्य रोगको महामारी फैलन नदिन सरकारबाट ठोस कदम नचालिएको बताएका छन् “झाडापखाला र श्वासप्रश्वासजन्य रोगको महामारी फैलिनबाट रोकथामका लागि ठोस कदम चालेको पाइँदैन ।

फैलिएको खण्डमा दशकौँदेखि राज्य नेतृत्व पक्षको हेलचक्र्याइँ र गैरजिम्मेवारपनका कारण भ्रूण अवस्थामै राखिएका स्थानीय स्वास्थ्य संस्थाहरू जो भूकम्पबाट सामान्य घाइतेहरूको उपयुक्त उपचार गर्ने क्षमताका छैनन्, महामारी ‘कोप’ गर्न सक्ने छैनन् । परिणाम भयावह हुनेछ,” विज्ञप्तिमा भनिएको छ ।