|  

वर्षाले गरिन स्वस्तिमाको खुलेरै प्रशंसा

०३ मंसिर, काठमाडौं । अभिनेत्री वर्षा राउतले अर्की अभिनेत्री स्वस्तिमा खड्काको खुलेर प्रशंसा गरेकी छन् ।

उनले अंग्रेजीमा लामै गरि प्रशंसाका शब्द खर्चिएकी छिन । उनले कामले सबैको टिप्पणीको जवाफ दिएको भन्दै उनी तारा हुन समेत भन्न भ्याएकी छन् । स्वस्तिमाले हरेक फिल्मका क्यारेक्टरलाई न्याय दिएको, जीवन दिएको समेत वर्षाले भनेकी छिन् । उनले यो सबै प्रशंसा हालै रिलिज फिल्म ‘दिमाग खराब’ मा स्वस्तिमाले गरेको अभिनयलाई लिएर गरेकी हुन ।

यी दुईले एकसाथ केही महिनाअघि रिलिज भएको फिल्म ‘ऐँचो पैँचो’ मा एकसाथ काम गरेका थिए । फिल्म र कामभन्दा बाहिर यी दुई राम्रा साथी पनि हुन ।