|  

हेड र लाबसेइनको शतकीय साझेदारीमा अस्ट्रेलिया जिततर्फ अग्रसर

३ मंसिर, काठमाडौँ । विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलिया जिततर्फ अग्रसर भएको छ । चौथो विकेटका लागि ट्रेभिस हेड र मार्नस लाबसेइनले शतकीय साझेदारी गरेपछि अस्ट्रेलिया जिततर्फ अग्रसर भएको हो ।

चौथो विकेटका लागि हेड र लाबसेइनले १२० रनको साझेदारी गरेका छन् ।

यससँगै २४१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले ३० ओभरको समाप्तिमा १ सय ६७ रन बनाएको छ । अब अस्ट्रेलियालाई जितका लागि २० ओभरमा ७४ रन आवश्यक छ ।