४ मंसिर, काठमाडौं । झापाको कचनकवल गाउँपालिका- ७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैंले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
स्थानीय एसबीआई ईंटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ८ः ३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए । गए राति अकस्मात् खुकुरी र लाइट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्केका स्थानीयबासीले बताएका छन्।
उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए ।
उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्। छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठिक थिएन।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।