४ मंसिर, काठमाडौं । इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
धनुषाधाम ९ धारापानी बस्ने १२ वर्षका बालक अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ३६ जना घाइते भएका थिए । घाइतेमध्ये धनुषाधाम-९ धारापानीकै ३५ वर्षकी मनवती लामा र ६० वर्षकी शान्तमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइते सबैको बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएकाहरूको शव अस्पतालमै रहेको छ । प्रहरीले बसका चालकलाई आइतबार राति नै पक्राउ गरेको छ ।