४ मंसिर, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका-३ का निर्वाचित वडा सदस्य दुर्गाप्रसाद यादवको निधन भएको छ ।
लामो समयदेखि ब्रेनट्यूमरबाट थलिएका यादवको आइतबार निधन भएको छ।साउन महिनामा असैह्य टाउको दुखेर भारतको लखनउ उपचारका क्रममा टाउकोमा ट्युमर पत्ता लागेको थियो ।
काठमाडौंमा गरिएको शल्यक्रिया असफल भएका उनको घरमै निधन भएको हो।यादवको सोमबार स्थानीय बनकटुवा गाउँमा अन्त्येष्टि गरिएको गुलरिया नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष शुधांसु प्रकाश शर्माले बताए ।
यादवको निधनमा गुलरिया नगरपालिकाले गहिरो शोक र दुःख ब्यक्त गरेको छ।