|  

२ किलो कोकिनसहित एयरपोर्टबाट भारतीय महिला पक्राउ

४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ किलो कोकिनसहित भारतीय महिलालाई पक्राउ गरेको छ । भुटान जान लागेको अवस्थामा भारतीय नागरिक किम्रो साङ्गीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी गोविन्द थपलियाले बताए । 

३२ वर्षीया किम्रो साङ्गी कतारको दोहबाट त्रिभुवन विमानस्थलमा ओर्लिएर भुटान जान लाग्दा पक्राउ परेकी हुन् । उनी ईथियोपियाबाट दोहा हुँदै काठमाडौँ ओर्थिएकी थिइन् । ब्यूरोको टोलीले उनको साथबाट १ किलो ९७३ ग्राम कोकिन बरामद गरेको छ । आरोपीतबारे अनुसन्धान भइरहेको एसएसपी थपलियाले जानकारी दिए ।