|  

लागु औषधसहित युवक पक्राउ

४ मंसिर, काठमाडौं । स्याङ्जामा एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।

अर्जुनचौपारी गाउँपालिका-१ रैते बस्ने २८ वर्षीय दिलबहादुर क्षेत्रीलाई सोमबार दिउँसो नियन्त्रित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो । उनले घरमा लागुऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी अर्जुनचौपारी स्याङ्जाबाट खटिएको प्रहरीले उनको घरमा राखेको उक्त लागुऔषध फेला पारी पक्राउ गरेको जानकारी दिइएको छ ।

उनको साथबाट डाइजेपाम २९ एम्पुल , प्रोमेथाजिन ४२ एम्पुल र ब्रुप्रेनोर्फिन ३९ एम्पुलसहित प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।