|  

धनगढीबाट चरेससहित एक जना पक्राउ

४ मंसिर, काठमाडौँ । धनगढी उपमहानगरपालिका-७ मनहेराबाट अवैध लागूऔषध चरेस ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका-२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।