|  

एमाले कोशी प्रदेश समितिद्वारा ११ सदस्य मनोनित

४ मंसिर, काठमाडौँ । नेकपा एमालेको कोशी प्रदेश समितिमा ११ जना मनोनित भएका छन् । प्रदेश कमिटी बैठकले ११ जनालाई प्रदेश समितिमा मनोनित गरेको हो ।

मनोनित हुनेमा मोरङका भूराज राई, नागेश पोखरेल, पर्शुराम बस्नेत, अरुण राठी रहेका छन् । त्यसैगरी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, संखुवासभाका बद्री सापकोटा, भोजपुरका देवीराम चौंलागाईं, रामसिंह राई, खोटाङका तेज ढुंगाना, सुनसरीका प्रमोद शेर्पा र झापाका घनेन्द्र योङ्वा सुब्बा पनि समितिको सदस्यमा मनोनित भएका छन् ।

नेकपा एमालेको विधानअनुसार प्रदेश समितिले कुल सदस्य संख्याको १० प्रतिशत सदस्य मनोनित गर्न पाउँछ । २१५ सदस्यीय प्रदेश समितिमा २५ जना मनोनित गर्न पाउने भए पनि पहिलो चरणमा ११ जना मनोनित गरिएको हो ।