|  

निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गरिने

५ मंसिर, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने भएको छ ।

प्रतिस्पर्धात्मक परीक्षाको माध्यमबाट निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ । सो पालिका र निजी स्रोत शिक्षक सङ्घर्ष समितिबीच भएको छलफलमा सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने सहमति भएको हो ।

त्यसका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले शिक्षक विज्ञापन खोल्ने शिक्षा महाशाखाका प्रमुख नरेन्द्रबहादुर खातीले बताए । उनले शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रम बमोजिम विज्ञान गरेर पदपूर्ति गरिने बताए ।