०७ मंसिर, काठमाडौं । आज काठमाडौं उपत्यकाका शैक्षिक संस्थाहरु बन्द गरिएका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक रहेका व्यवसायी दुर्गा प्रसाइँको नेतृत्वमा हुन लागेको प्रदर्शनका कारण ट्राफिक प्रहरी कार्यालयले नै गाडी नचलाउन सुझाव दिएपछि स्कुल बन्द गर्नुपरेको विद्यालय सञ्चालकहरुको भनाई छ । प्रसाइँको आन्दोलन रोक्न एमालेको युवा संगठनले पनि आजै प्रदर्शन गर्ने तयारी गरेको छ ।
दुई पक्षबीचको प्रदर्शनको तयारी र लाखौं मानिस सडकमा आउनसक्ने दृष्टिगत गरी विद्यालय बन्द गर्नुपरेको सञ्चालकहरुको भनाई छ । ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलकी अध्यक्ष गीता राणाले विद्यार्थी तथा अभिभावकलाई आज स्कुल बन्द रहने कुराको सूचना पठाइसक्किएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)ले आन्दोलनकारीको भिडका कारण बालबालिकालाई तनाव हुने र यातायात पनि सञ्चालन गर्न सहज नभएकाले विद्यालय बन्द गर्नुपरेको बताएको छ ।