७ मंसिर, काठमाडौं । प्रतीक्षित बलिउड चलचित्र ‘एनिमल’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ट्रेलर एक्सन र संवेदनाका दृश्यले भरिपूर्ण छ ।
रणवीर कपूर, रश्मिका मन्दाना, अनिल कपूर र बबी देवल स्टारर चलचित्रलाई सन्दीप रेड्डी वाङ्गाले लेखन एवं निर्देशन गरेका हुन् । चलचित्रले बाबुछोराको कथा प्रस्तुत गर्ने ट्रेलरबाट आँकलन गर्न सकिन्छ । डि
सेम्बर १ अर्थात् यही मंसिर १५ बाट यो चलचित्र भारतसहित विश्वभर प्रदर्शनमा आउँदैछ ।