|  

दिनेश राउतको निर्देशनमा फिल्म ‘पूजार सार्की’ बन्दै

०८ मंसिर, काठमाडौं । निर्देशक दिनेश राउतले नयाँ फिल्म निर्माण घोषणा गरेका छन् । 

उनले फिल्म पूजार सार्की’ बनाउन लागेका हुन् । फिल्म माघको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको निर्देशक राउतले बताए । फिल्म निर्माण घोषणा गरिएपनि कलाकारको नाम सार्वजनिक गरिएको छैन। निर्देशक राउतका अनुसार हाल कलाकारसँग कुराकानी भइरहेको र केही दिनमै कलाकारको नाम सार्वजनिक गरिनेछ । 

किङडम नेटवर्क प्रोडक्सनबाट बन्ने फिल्ममा सुभाष भुषालको लगानी रहनेछ । फिल्मको कथा विकास सुवेदीले लेखेका हुन । राउत र सुवेदीले यसअघि फिल्म ुप्रकाशु मा सहकार्य गरेका थिए ।