१० मंसिर, काठमाडौं । स्मार्टफोन ब्रान्ड अनरले नेपाली उपभोक्ताका लागि विन्टर अफर ल्याएको छ ।
यसअन्तर्गत ‘अनर एक्स नाइन ए’ मा ६ हजारसम्म छुट घोषणा गरिएको छ । शनिबारदेखि सुरु भएको यो अफर सीमित समयको लागि मात्र मान्य हुने अनरका लागि नेपालको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले जनाएको छ । रु. ४५ हजार ९९० मूल्य रहेको यो फोन विन्टर अफरमा रु.३९ हजार ९९० मा खरिद गर्न सकिनेछ ।
अनरको यो अफर अनलाइन र अफलाइन दुवै प्लेटफर्ममा उपलब्ध हुनेछ । ग्राहकहरूले अनलाइन प्लेटफर्म दराज र हुकुटमा तथा अफलाइन आधिकारिक अनर रिटेल स्टोरहरूमार्फत यो छुट सुविधा लिन सक्नेछन् ।