|  

पहिचानवादीहरूद्वारा कालो झण्डासहित योगेश भट्टराईको घरअगाडि प्रदर्शन 

१० मंसिर, काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईको ताप्लेजुङ सदरमुकामस्थित घरअगाडि पहिचानवादीहरूले प्रदर्शन गरेका छन् ।

आज बिहान पहिचानवादीहरूले कालो झण्डासहित फुङलिङस्थित भट्टराईको घरअगाडि प्रदर्शन गरेका हुन । दसैं, तिहार, छठलगायत चाडपर्वका अवसरमा एमाले ताप्लेजुङ कमिटीले आज चियापान कार्यक्रम आयोजना गरेको छ ।

सोही कार्यक्रमका लागि प्रतिनिधि सभा सांसदसमेत रहेका भट्टराई र कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो ताप्लेजुङ पुगेका थिए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीका अनुसार करिब ७० जनाको संख्यामा पहिचानवादीहरू भेला भएका छन् । कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने सांसदहरूलाई पहिचानवादीहरूले विरोध गर्दै आएका छन् ।

कोशी प्रदेश लेखिएको ब्यानरसहित सांसदहरूलाई उपस्थित गराएर कार्यक्रम नगर्न पहिचानवादीहरूले चेतावनी दिने गरेका छन् ।