|  

त्रिविको दीक्षान्त समारोह पुस २ गते

११ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालको ४९ औं दिक्षान्त समारोह पुस २ गते हुने भएको छ।

त्रिविले सोमबार सूचना प्रकाशित गर्दै यस वर्षको दीक्षान्त समारोह पुस २ गते दशरथ रंगशालामा हुने जानकारी दिएको हो।

त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ।दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि त्रिविले यसअघि नै अनलाइन फाराम भराइसकेको छ।

dikshyanta-1701058732.jpg