|  

शेयर बजार दाेहाेराे अङ्कले घट्याे

११ मंसिर, काठमाडौँ । आइतवार उच्च अङ्कले बढेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीका शेयर झन्डै १० प्रतिशत र मिथिला लघुवित्तको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर भने आठ प्रतिशतले बढेको छ ।

आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ३६ लाख ७५ हजार कित्ता शेयर ९५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको सात करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।