११ मंसिर, काठमाडौं । शुभमन गिल इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन् ।
हार्दिक पाण्डेयले गुजरात छोडेपछि शुभमनलाई कप्तानीको जिम्मेवारी दिइएको हो । हार्दिकलाई मुम्बई इण्डियन्सले ट्रेड गरेको छ ।
गुजरात टाइटन्सले आफ्नो सामाजिक सञ्जाल साइट एक्सको ह्यान्डलमा गरेको पोस्टमा शुभमन गिललाई बधाई दिँदै लेखेको छ, ‘यो नयाँ इनिङ्समा उत्कृष्ट बनेकोमा तपाईलाई बधाई छ।’
यसअघि आइतबार आइपिएलका सबै १० टोलीले ‘रिटेन’ र ‘रिलिज’ खेलाडीको सूची सार्वजनिक गरेका थिए।
तर, सबैभन्दा चाखलाग्दो घटना भने हार्दिक पाण्ड्याको बारेमा देखियो । गुजरात टाइटन्सले यसअघि पाण्डेयले यो सिजन पनि खेल्ने घोषणा गरेको थियो ।
यद्यपि, प्रसिद्ध कमेन्टेटर हर्ष भोगलेले पहिले नै एक ट्वीटमा भनेका थिए कि आईपीएल लिलामी अघि एक हप्तासम्म टोलीहरुबीच धेरै कुरा हुनेछ, जबसम्म खेलाडी फेरबदलको लागि झ्याल खुला रहन्छ।
अनि त्यस्तै भयो जब केही घण्टापछि खबर आयो कि मुम्बई इन्डियन्सले फेरि एकपटक हार्दिक पाण्ड्यासँग खेल्ने सम्झौता गरेको छ।