१२ मंसिर, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य स्थिर हो । सोमबार पनि प्रतितोला १५ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।