|  

प्रिमियर लिगमा फुलहमसँग उल्भ्स ३-२ ले पराजित

१२ मंसिर, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले उल्भ्सलाई हराएको छ ।

आज बिहान भएको खेलमा फुलहमले उल्भ्सलाई ३-२ गोलले हरायो । जितसँगै १३ खेलमा १५ अङ्क जोडेको फुलहम तालिकाको चौधौँ स्थानमा छ । समान खेलमा समान अङ्क नै भए पनि उल्भ्स बाह्रौँ स्थानमा छ । प्रिमियर लिगमा ३० अङ्ककासाथ आर्सनल शीर्ष स्थानमा छ ।