|  

९१ केजी ५१५ ग्राम गाँजासहित ३ जना पक्राउ

१२ मंसिर, काठमाडौं । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीबाट ठुलो परीणाममा गाँजासहित सोमबार साँझ ३ जना पक्राउ परेका छन् ।

६४ वर्षीय खडक खड्काको घरबाट अवैध ९१ केजी ५ सय १५ ग्राम गाँजा बरामद गरिएको हो । पक्राउ पर्नेमा खड्कासहित गोरखा अजिरकोट गाउँपालिका-२ बस्ने ३८ वर्षीय सन्तोस गुरूङ र पर्सा सुकौली पटौली गाउँपालिका–९ लक्ष्मीपुर बस्ने ५५ वर्षीय राम बहादुर गुरूङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घर तलासी गर्दा उक्त परिमाणको गाँजा, प्लाष्टिकको बाटा ५ थान, डिजिटल तराजु १ थान, कैँची २ थान, ब्लेड १ थान, कार्टुन टेप ३ थान, ब्रस १ थान, रबर पोका १ थान लगायतका सरसामानहरूसहित उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।