|  

सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, मधेश सेमिफाइनलमा

१२ मंसिर, काठमाडौं । पोखरामा चलिरहेको केपी ओली कप टी-२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ ।

समूह सीमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो । यो समूहमा पुलिसले मधेशलाई ५७ रनले तथा मधेशले सुदूरलाई ८ विकेटले हराएको थियो । पोखरा रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । जितका लाग १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले खेल सकिन ८ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।