|  

कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दै

१२ मंसिर, काठमाडौं । देश संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश सम्मेलन गर्न लागेको छ ।

पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने भएकाले प्रदेश संरचनाको पनि सम्मेलन हुन लागेको हो । सात प्रदेशमा सबै भन्दा अघि लुम्बिनी प्रदेशले सम्मेलन गर्न लागेको छ । प्रदेश कार्यसमितिले मंसिरको १६ र १७ गतेका लागि सम्मेलनको मिति तोकेको छ । लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्र बुटवलमा सम्मेलन राखिएको छ ।

सम्मेलनको उद्धघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनमा पार्टीका शीर्ष तहका नेताहरुलाई आमन्त्रण गरिएको छ । उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सम्मेलनमा बोलाइएको छ । पहिलो दिन उदघाटन र दोस्रो दिन बन्द सत्र हुने कार्यतालिको छ । आर्थिक, सांगठनिक, राजनीतिक प्रतिवेदन पेश हुनेछ ।

उपसभापति भुवन श्रेष्ठले राजनीतिक, सांगठनिक महामन्त्री विक्रम खनाल, आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रंकाश रानाले पेश सहमहामन्त्री निमा गिरीले जानकारी दिइन । सम्मेलनमा लुम्बिनी प्रदेशका ५०० बढी प्रतिनिधि सहभागी हुनेछन ।