|  

टेकु अस्पतालको निर्देशकमा डा. युवनिधि बसौला नियुक्त

१२ मंसिर, काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको निर्देशकमा डा. युवनिधि बसौलालाई नियुक्त गरेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेकु अस्पतालको निर्देशकमा बसौलालाई नियुक्त गरेका हुन् ।

शुक्रराज अस्पतालको निर्देशक रहेकी डा। मनीषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेर उनलाई नियुक्त गरिएको हो ।

यसअघि कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका बसौलालाई टेकुको जिम्मेवारी दिइएको हो । पछिल्लो तीन महिनायता उनी वरिष्ठ कन्सल्टेन्टका रूपमा कान्तिमै कार्यरत थिए ।