१२ मंसिर, काठमाडौं । सेयर बजार एकल अंकले ओरालो लागेको छ । आज शेयर बजार नेप्से २ दशमलव १७ अंकले घटेर १,८९४ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज १०२ कम्पनीको शेयर मुल्य बढेको छ भने १२६ कम्पनीको मुल्य घटेको छ ।
आज २९० कम्पनीको ४७ लाख २७ हजार ९०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बुद्धभुमीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । ताराँगाउँ रेजेन्सीका लगानीकर्ताले ८ दशलमव २४ प्रतिशतका दरले कमाएका छन् ।