१२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ-१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ।
रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । त्यही अनुसार नै वैशाख १० को उपनिर्वाचनमा तनहुँ-१ बाट निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउन लागिएको एक नेताले जानकारी दिए । अहिले महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमै उनलाई उपसभापति बनाउने तयारी छ ।
त्यस्तै, रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ। रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति छ। त्यसमा मोहनबहादुर थापाले ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन्।