१२ मंसिर, काठमाडौं । अभिनेता प्रदीप खड्का बलिउड फिल्ममा देखिने भएका छन्। ‘ऐरी’मार्फत उनले बलिउडमा प्रवेश गर्न लागेका हुन्।
मंगलबार निर्माता टिमले पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ। फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ।
प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञावलीका अनुसार फिल्ममा अधिकांश भारतीय कलाकार रहनेछ। जीवन थापाले निर्देशन गर्ने फिल्ममा सुवाष काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको लगानी रहने छ ।
यो फिल्मको छायांकन भारतमै हुनेछ। फिल्म हिन्दीसँगै तमिल र तेलुगू भाषामा समेत निर्माण हुने बताइएको छ।