|  

प्रसाईं समर्थकलाई पक्राउ विरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

१२ मंसिर, काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंको आन्दोलनमा सहभागी हुँदा पक्राउ परेका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहितका सर्मथकलाई पक्राउ विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

खड्कासहितका प्रर्दशनकारीलाई पक्रेर सिंहदरवार प्रहरी वृत्तमा राखेपछि रिहाइको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको मुद्धा दर्ता भएको थियो।

सर्वोच्चले मंगलबार सोहि मुद्धामा विपक्षीहरुलाई कारण देखाउ आदेश जारी गरेको हो। मुद्धा सोमबार दर्ता भएको थियो।

अभियन्ता दुर्गा प्रसाईंको गत बिहीबार र शुक्रबारको प्रर्दशनमा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा पशुपति खड्कासहित केहि व्यक्तिलाई नियन्त्रणमा लिएको हो।