१२ मंसिर, काठमाडौं । भारतसँगको तेस्रो टी ट्वान्टी सिरिजमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ ।
पाँच म्याचको टी ट्वान्टी सिरिजमा भारत २-० ले अगाडी छ । भारतको गुवाहाटीमा भएको आजको खेल जितेमा भारतले सिरिज आफ्नो पक्षमा पार्नेछ । सुरुवाती दुई खेलमा भारतको प्रर्दशन जबर्जस्त देखिएको छ ।
पहिलो खेलमा अष्ट्रेलियालाई २ विकेटले हराएको भारतले ४४ रनले जितेको दोस्रो खेलमा २ सय ३५ रनको चुनौती पाहुना टोली समक्ष तेर्साएको थियो ।