आइतवार ६ जेष्ठ, २०८२  | Sunday 18 May, 2025 

बुबा–आमा बन्दै सलोन र करिश्मा

१३ मंसिर, काठमाडौं ।  नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सलोन बस्नेत बुवा बन्ने भएका छन् ।

विवाह गरेको पहिलो वर्षगाँठको अवसर पारेर उनकी श्रीमती करिश्मा केसीले मंगलबार बेलुका सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेकी हुन् । अभिभावक हुन लागेको खुशी साट्न उनीहरूले केक पनि काटेका छन् । केकमा ‘कमिङ मे २०२४’ लेखिएको छ ।

जसअनुसार करिश्माले आगामी मे महिनामा सन्तानलाई जन्म दिने भएकी हुन् । योसँगै सलोन र करिश्मालाई फ्यान एवं शुभचिन्तकहरुले बधाई दिइरहेका छन् । सलोन र करिश्माले अघिल्लो वर्षको मंसिरमा धुमधामसहित विवाह गरेका थिए ।