१३ मंसिर, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुन नेपाली बजारमा प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।