१३ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिस्टममा समस्या देखिएको छ। जसको कारण बुधबार ११ बजेपछि पनि सेयर कारोबार खुल्न सकेको छैन ।
आज प्री-ओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो । समस्या समाधान नहुँदा नियमित कारोबार खुल्न सकेको छैन जसका कारण लगानीकर्ताहरूले पनि कारोबार गर्न पाएका छैनन् ।
प्राविधिक समस्याका कारण सेयर कारोबार हुन नसकेको र कारोबार खुलाउन प्रयास भइरहेको नेप्सेले बताएको छ।