|  

नयॉ सामरिक भाष्यका साथ बढ्दै भारत

१४ मंसिर, काठमाडौं । विपिन देव - सामरिक भाष्य विना शक्तिको सार्मथ्य दिगो हु‘दैन । सामरिक भाष्याका आधारस्तम्भ सॉस्कृतिक पहिचान हो । शक्ति केन्द्रहरू इतिहासलाई आफ्नो हित अनुकुल व्याख्या गरेर भाष्य निर्माण गर्ने गर्दछ । 

सामरिक हित अनुकूल भाष्य निर्माण पछि शक्ति सुदृढ हुने गर्दछ । अमेरिकाको सामरिक स्वार्थ सोभियत रुसको विकल्पको खोजीमा चीन थियो । चीनिया दर्शन र साहित्यको पक्षमा पश्चिमा विद्वानहरूले कलम चलाएर नयॉ भाष्य निर्माण गरे । हेनरी किसिन्जरको चर्चित पुस्तक “आन चाइना” यसको प्रतिनिधि उदाहरण हुन् । अर्थात् पश्चिमा विद्वानहरू चीनको पॉच हजार वर्षको इतिहासको वखान र व्याख्या  गरे । 

तर पश्चिमा हकहितका लागि तत्कालीन समयमा भारतको उपयोगिता थिएन । विस्टन चर्चिलले भारत एउटा मुलुक नै होइन भनेर समेत उल्लेख गरे । चीनिया संस्कृति र इतिहास प्रति अमेरिकी र यूरोपेली रुचि बढ्नुको कारण सामरिक स्र्वाथ नै थियो । चीनले यही वातावरणलाई उपयोग गर्दै कन्फुसीयस स्कुल अमेरिका र युरोपमा यत्रतत्र सञ्चालन गरे । कन्फुयसीयस स्कुलको माध्यमवाट चीनले आफ्नो  संस्कृति र दर्शनलाई युरोप र अमेरिकामा प्रचार गरे । 

वर्तमान अवस्थामा अमेरिका र चीनको सम्बन्ध चिसिएको छ । त्यसर्थ अमेरिकाले कन्फुयसीयस स्कुललाई चीनिया जासुसी केन्द्रको संज्ञा दिदै निगरानीमा राखेको छ । कुनै पनि मुलुकको राजनैतिक भाष्यको ठुलो महत्व हुने  गर्दछ । व्रिट्रिस साम्राज्यवादले दुई सय प‘चास वर्षसम्म भाष्य निर्माण गर्दै गरे । ग्रिक र रोमन र्दाशनिकको चश्माबाट जीवनको समग्रतालाई आकलन गर्ने परिपाटी चलाए । हरेक मुलुकको वारेमा सम्राज्यवादले एक भाष्य तयार गर्यो । अमेरिकाले अफगानिस्तानमा आप्mनो सामरिक नीति निर्माण गर्दा व्रिटिस  भाष्यबाट परिचालित भए । सन् १७८४ मा व्रिटेनका प्रधानमन्त्री प्लायमसट्रोमले राज्य सञ्चालनको वारेमा जुन भाष्य निर्माण गरे त्यो भाष्य धेरै पहिले कौहिल्यले निर्माण गरिसकेका थिए । 

तर शक्ति विना भाष्य निर्माण हु‘दैन । संसारले प्लायन सट्रोनको विचारलाई अनुपम विचारको रूपमा ग्रहण गरे । तर वर्तमान अवस्था पृथक् देखिएको छ । भारत विश्वको पॉचौ अर्थतन्त्र भएको छ । संसारमा सबभन्दा द्रूत गतिले बढिरहेको अर्थतन्त्र मध्ये भारत रहेको छ । कालान्तरमा विश्वको तेस्रो अर्थतन्त्रको रूपमा भारत हुने छ । भारत सामथ्र्य र शक्तिलाई अब्वल बनाउ‘न भारतले नयॉ सामरिक भाष्य निर्माण गरिरहेको छ । भारतको प्रमुख सामरिक भाष्य “सफ्ट पावर” हो । तदनुरूप भारतीय ज्ञान र विज्ञानलाई विस्तार गर्न योगलाई अन्र्तराष्ट्रियकरण गर्न भारत सफल भएको छ । संयुक्त राष्ट्र संघले योगलाई एक उत्सबको रूपमा स्वीकार गरिसकेको छ । पश्चिमा सामिरक साहित्यले एलेकजेन्डर, नेपोलीयन र मेट्रेनीकमा जोड दिएका छन् ।

 सामरिक नीतिलाई निर्माण गर्दा यी व्यक्तित्वहरूको कृतित्वको व्याख्या गरिन्छ । जसरी आधुनिक युगमा हेनरी किसिनजरका वारेमा गन्थन र मन्थन गरिन्छ त्यसरी नै भारतले सामरिक नीति व्याख्या गर्दा रणजित सिंह, महाराजा शिवाजी र कृष्णदेव रावको विचारलाई व्याख्या गर्ने गरेको छ । भारतको सार्मथ्य बढाउन र भारतीय सामरिक नीतिलाई विश्व माझ उजागर गर्न यी विचारहरूको उपयोगिता बुझन जरुरी देखिन्छ । हरेक मुलुकहरूले आफ्नो इतिहासको गौरव गाथालाई सामरिक संस्कृतीको रूपमा व्याख्या गर्ने गर्दछ । चीनले “आर्ट अफ वार” “थिरी किङ्गडम”को व्याख्या गरे जस्तै जापानले पनि आफ्नो सामरिक नीतिलाई अगाडि बढाउन “हेगुमुगारी” को चर्चा गर्दछ । 

त्यस्तै इरानले हजरत अलीको नाजखालागाको चर्चा गर्दछ । भारतका सामरिक जानकार डा. जयशंकरले आफ्ना पुस्तक “इण्डिया वे” मा भारतको सामरिक ज्ञानको श्रोत भारतको धर्मशास्त्र र नीतिशास्त्र रहेको कुरा जिकिर गरेका छन् । रामायणलाई धर्मशास्त्र र महाभारतलाई नीति शास्त्रको रूपमा व्याख्या गर्दै डा. जयशंकरले श्री कृष्ण र हनुमानलाई संसारको सबभन्दा ठुलो कूटनीतिज्ञको रूपमा व्याख्या गरेका छन् । संसारमा प्रचलित भइरहेका हरेक सामरिक सूत्रहरूको खानी रामायण, महाभारत र हर्ष चरित रहेको कुरा उनले आप्mनो पुस्तकमा उल्लेख गरेका छन् । महाभारतको लडाइमा बलराम र रूक्म युद्धमा भाग लिएका थिएनन् । डा. जयशंकरले त्यसलाई असंलग्नताको रूपमा व्याख्या गरेका छन् । असंलग्नताको सार्मथ्य कम हुने   गर्दछ । 

नेहरुको असंलग्नताले नै गर्दा सन् १९६२ मा भारतले ठुलो मुल्य चुकाउनु पर्यो । अर्थात् बलरामले भीम र दुर्योधन विच भएको गदा युद्धमा हस्तक्षेप नगर्नुको कारक तत्वको रूपमा असंलग्न नीति नै थियो । वर्तमान विश्व परिवेशलाई व्याख्या गर्न एलायन्स (गुटबन्दी) को ठुलो महत्व रहेको छ । चीन, रसिया, इरान जस्ता यथास्थितिवादी मुलुकहरूलाई दवाव दिन भारतको सामरिक ज्ञान उपयोगी हुने डा. जयशंकरको तर्क देखिन्छ । 

महाभारतमा पाण्डवले एलायन्समा जोड दिएका थिए । साना साना राजाहरूलाई सत्यको पक्षमा एकीकृत गरेका थिए । कौरव र पाण्डवमा शक्तिको हिसावले एघार र सातको अन्तर भए तापनि एलायन्सको प्रयोगले पाण्डव विजयी भएका थिए । म्याकवेली कृति “प्रिन्स” भन्दा रामायण र महाभारतको राज्य सञ्चालनका सूत्रहरू बढि उपयोगी हुने डा. जयशंकरको तर्क रहेको छ । अर्थात् कुनै पनि राष्ट्रले आप्mनो ज्ञान विज्ञानलाई जबसम्म अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सक्दैन तबसम्म त्यो राष्ट्रले महारथ प्राप्त गर्न सक्दैन । १९ औं र वीसौं सताब्दीमा क्यामब्रिज र अक्सफोडले व्रिट्रिस साम्राज्यवादलाई बलियो बनाएको थियो । 

२१ औं सताब्दीमा हार्वट र स्ट्रायण्डर्फोसले अमेरिकी भाष्यलाई अगाडि बढाएको छ । भारतीय भाष्य निर्माण गर्न भारतीय शैक्षिक संस्था अब्वल हुनु पर्दछ । भारतीय संस्कृतिको भाष्य निर्माण गर्न भारतका फिल्म उद्योगले अभूतपूर्व भुमिका खेलेका छन् । भारतीय दर्शन, साहित्य, संस्कृति र जीवन पद्धतिलाई उजागर गर्न भारतीय चलचित्रले महत्वपूर्ण भुमिका खेलेको छ । भारतले संसारमा “विपद व्यवस्थापन” र “सौर्य उर्जा” जस्ता क्षेत्रमा नेतृत्वदायी भुमिका खेलेर आप्mनो सामरिक नीतिलाई अगाडि बढाएको छ । 

वास्तवमा कुनै पनि मुलुकको सामरिक क्षमताको परीक्षा त्यो मुलुकको नागरिको सुरक्षा नै हो । रसिया युक्रेन युद्ध भारतका २० हजार विद्यार्थी युक्रेनमा फसेका थिए । आफ्नो  सामरिक नीतिलाई प्रयोग गर्दै आप्mना नागरिकहरूलाई युद्ध भूमिबाट वाहिर निकाल्न सफल भए । सामिरक नीतिको परीक्षा विपत्कालीन अवस्थामा पनि हुने गर्दछ । टर्कीको भुइचालोताका भारतीय राहतकर्मीको ट्रकीमा सबभन्दा पहिले उपस्थिति हुनु पनि सामरिक नीतिको नै उदाहरण थियो । वर्तमान परिवेशमा कूटनीतिमा विभिन्न गुट र गठबन्धनहरू निर्माण भइरहेका छन् । भारतले आफ्नो  दर्शन र संस्कृतिको आलोकमा उक्त गुट र गठबन्धमा आफ्नो नीति बढाउने जर्मर्को गरेको छ । कालान्तरमा भारतीय भाष्य अब्वल हुने सम्भावनालाई नकार्न सकिदैन ।