|  

नेपाल सुपर लिगः झापा र पोखराबीचको खेल बराबरीमा 

१६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसी र पोखरा थन्डर्ससँगले एक-एक गोलको बराबरी खेलेका छन् ।

झापाले अन्तिम समयमा गोल फर्काएर पोखरासँगको हार टारेको हो । आजको खेल बराबरीपछि झापाले एनएसएलमा एक अङ्क जोडेको छ । पोखराले ३ खेलबाट ५ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पोखराले पहिलो खेलमा चितवनलाई १-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा ललितपुर सिटि एफसीसँग गोलरहित बराबरी खेलको थियो । झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग १-० गोलले पराजित भएको थियो ।