|  

पूजा महतोको कप्तानीमा मधेशको टिम घोषणा

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताका लागि मधेश प्रदेशले पूजा महतोको कप्तानीमा टिम घोषणा गरेको छ ।

नेपाली महिला टिमकी अलराउन्डर पूजाले राष्ट्रिय टिममा डेब्यू गरेदेखि राम्रो प्रदर्शन गर्दै आएकी छन् । १ पुसदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताका लागि मधेशले उनकै कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

मधेशको टिम :पूजा महतो (कप्तान), रोजी कदारी (उपकप्तान), सीमा कुँवर, आरती महतो, गोमा आले, मौसम झा, एञ्जिला भुजेल, सिन्धुकुमारी भुजेल, रोमिका लामा, नेहा मुखिया, ज्यास्मिन कार्की, अर्चना यादव, पुष्पा फुयाल, रानी सरार्फ र सानिया खातुन