|  

अर्थ बाहेकको मन्त्रालय रोज्न सुरेन्द्र पाण्डेलाई प्रधानमन्त्रीको प्रस्ताव : पाण्डे भन्छन् अर्थ मन्त्रालयनै चाहिन्छ

१३ असोज,काठमाडौं  - नेकपा नेता सुरेन्द्र पाण्डेको नाम अव बन्ने मन्त्री मण्डल पुर्नगठनमा समाबेश हुने चर्चा चलेसंगै नेता पाण्डेले अर्थ मन्त्रालय पाउनुपर्ने दावी गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले पाण्डेलाई अर्थ बाहेक अरु मन्त्रालयको जिम्मेवारी मध्ये एक मन्त्रालय रोज्न भनेपनी पाण्डेले, अर्थ बाहेक अरु मन्त्रालयको जिम्मेवारी नलिने बताएको पाण्डे निकट श्रोतले बताएको छ । श्रोतका अनुसार नेता पाण्डेले अर्थ बाहेकको अन्य मन्त्री बन्न अस्वीकार समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पुर्नःगठन गर्ने तयारी भइरहेका बेला पाण्डेलाई अर्थ बाहेक अरु मन्त्री बन्न बालुवाटारबाट प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेका हुन्।

गत आइतबार प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईले टेलिफोन गरी अन्य मन्त्रालयको जिम्मेवारी लिने गरी मन्त्री बन्न प्रस्ताव समेत गरेका थिए । यद्धपी नेता पाण्डेले जवाफमा आफू अर्थ मन्त्रालय बाहेक अरु मन्त्रालयमा नजाने भन्दै ठाडै अस्विकार गरेको स्रोतले जानकारी दियो । 

यसअघी माधवकुमार नेपाल नेतृत्वको सरकारका बखत् नेता पाण्डेले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पाण्डेले अर्थ मन्त्रालय सम्हालेका बेला देशमा अर्थतन्त्रमा निक्कै सुधार आएको चर्चा समेत चल्ने गरेको छ । हाल नेकपा भित्र केही दिनदेखि मन्त्रीमण्डल हेरफेरको चर्चा भइरहेको र मन्त्री हेरफेरमा पनी सोहि कारण नेता पाण्डेको नाम अगाडी आएको छ ।  तर प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल बीच भने मन्त्रालय बांडफाडका कुरा नमिल्दा मन्त्री हेरफेरको अझै टुंगो लागेको छैन । 

ओलीले आइतबार नै मन्त्रिपरिषद गठन गर्ने गरी तयारी गरे पनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिल्दा उक्त बिषय रोकिएको थियो । मन्त्रीमण्डल पुर्नः गठन गर्ने तयारी स्वरुप ओलीले सोमबार बस्ने नियममित मन्त्रिपरिषदको बैठक आइतबार दिउँसो १२ बजे नै राखेका थिए । 

ओलीले केही मन्त्रीलाई मात्रै हटाएर खाली रहेका मन्त्रालयलाई पूर्णता दिन प्रस्ताव गरेका पनि दाहालले धेरै मन्त्रीलाई बिदाइ गरेर नयाँलाई अवसर दिनुपर्ने अडान राखेका थिए । तर सोहि बिषयमा अहिले पनी प्रधानमन्त्री ओली र प्रचण्डबिचको छलफल निचोडमा पुग्न सकेको छैन ।

स्रोतका अनुसार दुई अध्यक्षबीच गृहमन्त्री रहेका रामबहादुर थापा बादल र उद्योग वाणिज्य मन्त्री लेखराज भट्टलाई हटाउने विषयमा कुरा मिल्न सकेको छैन । प्रचण्डले दुवैलाई हटाउनु पर्ने बताए पनि ओली त्यसका लागि तयार भएका छैनन् ।