|  

हिन्दमहासागरीय क्षेत्रमा अमेरीका र चीनको टक्कर

२६ पुस, काठमाडाैँ । विपिन देव - वर्तमान भू-राजनीति दिन प्रति दिन संवेदनशील र गम्भीर भइरहेको छ । सार्मथ्यवान मुलुकहरू आफ्नो सैनिक खर्चमा वढोत्तरी गरिरहेको छ । जापान, अष्ट्रेलीया, दक्षिण कोरीया र भारत जस्ता विशाल आर्थिक आकार भएका मुलुकहरू आफ्नो सैन्य भण्डारणलाई उच्च महत्व दिएको छ । रसीया – युक्रेन युद्ध र मधय एसियामा इजरायल हमास द्वन्द पश्चात द्वन्द हिन्दमहासागरीय क्षेत्रमा नै द्वन्द फैलिने समेत सामरिक जानकारहरूको आकलन रहेको छ । 

हिन्दमहासागरीय क्षेत्रमा द्वन्दका क्षेत्रहरू धेरै रहेको छ । हरेक द्वन्दको केन्दूविन्दुमा चीन नै रहेको छ । जापान संग सिनकाकु टापुको विवाद, फिलिपिन्स लगायत अरू आसीयान मुलुकहरूसंगको विवाद, अष्ट्रेलीयासंगको सम्बन्ध र भारतसंगको वोर्डरमा भइरहेको तनावले गर्दा आउने दिन हिन्दमहासागरीय क्षेत्रको लागि तनावपूर्ण रहने कुरालाई नकार्न सकिदैन । सन् १९७९ मा अमेरिकी काङ्ग्रेसले ताइवान रिलेशन एक्ट विधिबत रूपमा पारित गर्दै ताइवानको सुरक्षा ग्यारेन्टी अमेरिकाले लिएको छ भने चीनिया राष्ट्रपतिले ताइवानलाई चीनमा समाहित गर्नु नै आफ्नो प्रमुख जिम्मेवारी रहेको घोषणा गरेका छन् । 

साथ साथै जापान, अष्ट्रेलीया र साउथ कोरीया अमेरिकी सुरक्षा छाता (सेक्युरीटि एयालन्स)को रूपमा रहेको छ । यस अर्थमा यी मुलुकहरूको सुरक्षाको जिम्मेवारी समेत अमेरीकाको नै रहेको छ । तदनरूप हिन्दमहासागरीय क्षेत्रमा अमेरिकाले गठवन्धलाई अधिक जोड दिएको छ । अफगानीस्तानबाट सैनिक र्पिmता गरे पश्चात अमेरिकाले आफ्नो हिन्दमहासागरीय नीतिमा अगाडि वढेको छ । तदनुरूप भारत, अष्ट्रेलीया, जापान र अमेरीकाले सन् २०१७ देखि कर्वाड जस्ता चर्तुभूजीय छाता संगठनलाई सक्रिय बनाएको छ भने अष्ट्रेलीया, अमेरिका र विट्रेनले अम्स नामको संगठनलाई सक्रिय बनाउ‘दै अष्ट्रेलीयालाई आणवीक पनडुवी उपलब्ध गराउन सहमत भएका छन् । सत्तरीको दशकमा चीनिया कूटनीतिज्ञहरूको खल्तीमा कम्यूनिष्ट पार्टीको दस्तावेज मात्र हुन्थ्यो । उनीहरू अङ्ज्रेजी भाषामा अब्वल थिएन । कम्यूनिष्ट पार्टीका सुगा रटानबाट हुर्किएका यी कूटनीतिज्ञहरूसंग कुनै खास योजना पनि थिएन । 

निम्सन र हेनरी किसिनजरको नीति र चीनिया राष्ट्रपति देङको सितिले गर्दा  चीन आर्थिक क्षेत्रमा अभूतपूर्व सफलता प्राप्त गर्यो । वर्तमान परिवेशमा चीनिया कूटनीतिज्ञहरू योजना र सामरिक नीतिका ज्ञाता हुनुका साथै भाषिक दक्षता र योग्यता हुनुका साथै भाषिक दक्षता र योग्यतामा महाराथ हासिल गरेका छन् । हरेक कूटनीतिमा खप्पिस् मानिएका यी कूटनीतिज्ञहरू बुल्फ बारीयर डिपलोम्यासीका सम्वाहक हुन् । अर्थात् हरेक मुलुकको आन्तरिक मामिलामा गहिरो रूची राख्ने यीनिहरूको नीति र लक्ष्य रहेको छ । वर्तमान परिवेशमा अमेरिका र चीन विच द्वन्द बढ्नुको विभिन्न कारणहरू मध्ये चीनिया कूटनीतिज्ञहरूको कार्यशैली पनि एक हो । अर्थात् चीनले आफ्ना कन्फुसियिस स्कूलको माध्यमबाट गोप्य सूचना संलग्न गरेर आफ्नो सामरिक नीतिलाई अगाडि बढाउ‘दै लगिरहेको अवस्थालाई लिएको अमेरिकाले गम्भीरतापूर्वक लिएको छ । 

चीनियाले अमेरिकी आकासमा बैलुनको माध्यमबाट अमेरीकी सूचना संलग्नको प्रयासलाई अमेरिकाले विफल पारेको थियो । प्रतिकारमा अमेरिकी नेता प्लोसीको ताइवानमा यात्रा भएको थियो । सन् २०२३ मा अमेरिकी सेक्रेट्री आफ स्टेट विलकनले आफ्नो चीन यात्रालाई स्थगित गर्दै चीनिया नीतिलाई प्रतिवाद गरेका थिए । अर्का तर्पm चीनिया राष्ट्रपति सी ले अमेरिकालाई दवाव दिन रसिया यात्रा गरेका थिए । रसिया(युक्रेन युद्धताका राष्ट्रपति सी को यो यात्राको संदेश अमेरिकालाई सामरिक दवावमा नै राख्नु थियो । मध्य एसियामा अमेरिकाले एक नयॉ समीकरणको सुरक्षित गरेका थिए । अर्थात् मध्य एसियालाई लक्षित गर्दै अमेरिकी नेतृत्वमा आए.टु.यू.टु.को निर्माण भएको थियो । 

आई.टु.यू.टु.मा अमेरिका, यु.एई. इजरायल र अमेरिका रहेको छ । प्रतिकारमा चीनले मध्य एसियामा एउटा नयॉ समीकरणको सुरुवात गरेको छ । इरान र साउ‘दी अरेवीयाका राष्ट्र प्रमुखलाई चीनमा निम्ता दिदै यी कटर शत्रुहरूलाई मित्रताको गाठोमा बाध्न चीन सामरिक नीतिका साथ अगाडि बढेको छ । स्मरणीय रहोस साउदी अरवीयाको अमेरिकीसंग सघन सम्बन्ध रहेको छ भने इरान र अमेरिका विच कटुता दिन प्रति दिन बढिरहेको छ । मध्य एसियामा चीनको बढ्दो प्रभावमा कारण अमेरिकी नीति दवाव मुलक रहेको छ । इजरायल हमास भिडन्त पश्चात चीन स्थित अमेरिकी राजदुतले राष्ट्रपति सीलाई हमासको निन्दा गर्न आग्रह गरेका थिए । अमेरिका र चीन विचको विवादको कारण तिब्वत र सिन्जाङ्ग समेत रहेको छ । तिब्वत र सिन्जाङ्गमा मानव अधिकार प्रजातान्त्र पूर्ण रूपमा अपहेलित भएको कुरा अमेरिकाको आग्रह रहेको छ । चीनलाई आधुनिकिरणमा ल्याउनुको उद्देश्य चीनमा प्रजातान्त्रको प्रत्यारोपण गर्नु अमेरिकी नीति थियो । तर राष्ट्रपति सी अमेरिकी नीतिबाट असहमत देखिएको छ । 

जी ट्वान्टीको वाली शिखर सम्मेलनमा राष्ट्रपति सी र राष्ट्रपति वाइडेन विच अपेक्षाकृत सम्वाद भएन । संसारमा दुई शक्तिशाली मुलुकहरू संवाद विहिनताको युगमा प्रवेश गर्नु जस्ता परिघटना संसारको लागि तनावपूर्ण थियो । भर्खरै स्यानफ्रान्सिको राष्ट्रपति सी र वाइडेनको सम्वादले उच्च स्तरीय संयन्त्रमा सम्वादलाई सुरुवात गर्ने समझदारी भएको छ । साथ साथै अमेरीका र चीन विच ६९० विलियन डलरको व्यापारमा अमेरिकाले व्यापार घाटामा प्रश्न समेत उठाएका छन् । हिन्दमहासगरीय क्षेत्रमा चीनिया र अमेरिकी सैनिकहरू आमुने सामुनेमा रहेको अवस्था, उच्च स्तरीय सैनिक अधिकारी विच संवादलाई सुरूवात गर्न समेत सहमति भएको छ । द्वन्द शिथिलिकरणको यो प्रयास सकारात्मक भएता पनि अमेरीका र चीनको द्वन्दले विश्व राजनीति र कूटनीतिलाई प्रभावित गरेको छ ।