|  

मोदी माइक्रोन रसायनको सामरिक महत्व

१५ माघ, काठमाडौं ।  विपिन देव- सन् २०२४, २६ जनवरी गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको रूपमा फ्रेन्च राष्ट्रपति इमानुयल माइक्रोन रहेको छ । सन् १९४७ देखि हालसम्म गणतन्त्र दिवसको अवसरमा छ पटक प्रमुख आथित्यको अवसर फ्रेन्च नेतृत्वलाई नै जुरेको देखिन्छ । यसको विभिन्न आयामहरू छन् । वर्तमान परिवेशमा भारतले ३४ वटा मुलुकहरू मध्ये सबभन्दा पहिले सामरिक साझेदारको रूपमा फ्रान्स रहेको छ । सन् १९७६ मा भारत आपत्तकालीन शासनको अधिनमा थियो ।

इन्दिरा गान्धी शक्तिको शिखरमा थिइन । पश्चिमा संचार जगतले भारतीय शासन पद्वतीको घोर भत्र्सना गरिरहेका थिए । जे.पी. आन्दोलन इन्दिराको विरोधमा चुलिएको थियो । त्यस्तो प्रतिकुल अवस्थामा कुनै पनि युरोपेली मुलुकहरू गणतन्त्र दिवसमा सहभागी हुन मनपराएका थिएनन् । तत्कालीन अवस्थामा भारतको आन्तरिक मामिला भन्दै फ्रेन्च नेतृत्वले सन् १९७६ मा गणतन्त्र दिवसको प्रमुख आतीथ्य ग्रहण गरेका थिए । सन् १९९८ मा भारतले आणविक परीक्षण गरेको थियो । अमेरिका लगायत युरोपेली मुलुकहरू वाजपेयी सरकारलाई घोर निन्दा गरेका थिए ।

भारतको आणविक परीक्षणको कटु आलोचक अमेरिका थियो । भारतलाई सामरिक र आर्थिक दवावमा राख्न अमेरिकाले भारत विरुद्र अमेरिकाले आर्थिक नाकावन्दी समेत गरेका थिए । अमेरिकी नाकावन्दीलाई भरथेग गर्न युरोपका अधिकांश मुलुकहरू अमेरिकी नीति र कदमलाई सहयोग र सर्मथन गरेका थिए । फ्रान्स यसको अपबादको रूपमा देखिन्थे । सन् १९९८ ताका समेत भारतीय गणतन्त्र दिवसको अवसरका फ्रान्सका राष्ट्रपति ज्याक जिराकले गणतन्त्र दिवसको प्रमुख आथित्य ग्रहण गरेका थिए । सन् १९९८ ताका नै भारत फ्रान्स विच सामरिक साझेदारीमा हस्ताक्षर भएको थियो । सन् २०२३ जुलाईमा नै दुई मुलुकहरूले सामरिक साझेदारीको २५ वर्ष मनाइसकेको छ ।

फ्रान्सको राष्ट्रिय दिवसको अवसरमा सो कार्यक्रम आयोजना पेरिसमा भएको थियो । कार्यक्रमको प्रमुख आतिथ्य मोदीले गरेका थिए । राजपुताना र पञ्जाव रेजीमेन्टको प्यारेडले फ्रानसको राष्ट्रिय दिवस गुन्जीत भएको थियो । सन् २०२३ जुलाईमा नै भारत र फ्रान्सले सन् २०४७ सम्मको कार्यनीति र कूटनीतिक सम्बन्धको प्रारुपको वारेमा एक हस्ताक्षर गरेका छन् । यस सम्झौतालाई “होराइजन २०४७ को संज्ञा दिएका छन् । अर्थात् सन् २०४७ सम्म भारत स्वतन्त्र भएको १ सताब्दी हुनेछ र सताब्दीसम्म प्राप्त गर्ने लक्ष्णको अनुष्ठान समेत सो सम्झौताले मार्गचित्र गरेको देखिन्छ । भारतका पूर्व राजदुत मोहन कुमारले मोदी र माइक्रोनको रसायनको चहकिलो चित्रण गरेका छन् । मोहन कुमारले मोदीको व्यक्तिगत सम्बन्ध जापानी नेतृत्व ओवे र फेन्च नेतृत्व माइक्रोनसंग विषेश रहेको कुरा उल्लेख गरेका छन् ।

माइक्रोनको यो तेश्रो पटकको भारत यात्रा हो । सन् २०१८ पश्चात उनले जी ट्वान्टीको शिखर सम्मेलनमा भाग लिन भारत आएका थिए । यस पटकको यात्राको स्वरुप फरक देखिन्छ । माइक्रोनले सन् २०३० सम्म ३० हजार भारततेली विद्यार्थीहरू फ्रान्सका विभिन्न विश्व विद्यालयमा भित्र्याउन आफ्नो  लक्ष्य रहेका छन् । युरोपका हरेक मुलुकहरूमा जनसंख्यीक लाभांश घटिरहको छ । अर्थात् युवाहरूको संख्यामा कमी भइरहेको छ । यस अवस्थामा राष्ट्र निर्माणका लागि दक्ष युवा शक्तिहरूको टड्कारो आवश्यक्ता फ्रान्समा समेत रहेको छ ।

यी अर्जुन दृष्टिका साथ माइक्रोन भारतसंगको दौत्य सम्बन्धलाई अगाडि बढाइरहेको छ । माइक्रोनको आगमन सन् २०२४, २५ जनवरीका दिन जयपुरमा भएको थियो । जयपुरमा माइक्रोनलाई विषेश स्वागत गर्नुका समेत केही आयामहरू रहेको छ । सन् २००० मा अमेरिकी राष्ट्रपति विल किलन्टनलाई जयपुरमा नै स्वागत गरिएको थियो । सन् २००० देखि नै भारत अमेरिकी सम्बन्ध सकारात्मक दिशा तर्फ उन्मुख भयो । जयपुरको किलन्टन यात्रालाई अमेरिकी भारत सम्बन्धको नयॉ युगको सुरुवातको रूपमा समेत समीक्षकहरू व्याख्या गरेका छन् । केहि दिन अगाडिसम्म सन् २०२४ जनवरी २६ मा गणतन्त्र दिवसको अवसरमा अमेरिकी राष्ट्रपति वाइडेनको प्रमुख आतीथ्य हुने कुरा छापाखानाहरूमा देखिन्थ्यो । तर वाइडेनको विकल्पको रूपमा माइक्रोनलाई प्रमुख अतिथीको रूपमा स्वागत गर्दा अमेरिकी राष्ट्रपतिहरू झै उच्च सम्मान र आदर दिनु भारतीय कूटनीतिको लक्षय देखिएको छ ।

माइक्रोनसंग मोदीले रोड सो समेत गरेको छ । कूटनीतिमा रोड सो गर्नुको अर्थ कूटनीतिक सम्बन्ध र मैत्रीलाई जन/ जनको मनमा पु¥याउनु हो । मोदीले खास अतिथीसंग मात्र रोड सो गरेका छन् । ती मध्ये अमेरिकी राष्ट्रपति ट्रम्प, यु.ए.ई.का राष्ट्र प्रमुख र फ्रेन्च राष्ट्रपति माइक्रोन हुन् । भारत फ्रेन्च सम्बन्ध सुरक्षा दृष्टिकोणले महत्वपुर्ण देखिन्छ । भारत फ्रान्सको लागि सबभन्दा अधिक हतियार खरिद कर्ता मुलुक रहेको छ । भारतको कुल हतियार आयतको २४ प्रतिशत फ्रान्स नै रहेको छ । रफाल लडाकु विमान समेत भारतले फ्रान्सबाट आयत गरेको देखिन्छ ।

भारतीय सामरिक दवावमा आएर भारतको सुरक्षा खतरालाई मध्य नजर गर्दै आप्mनो मित्रताको परिचय दिदै फ्रान्सले पाकिस्तानलार्य हतियार दिन अस्वीकार समेत गरेका थिए । फ्रान्स र भारतले संयुक्त लगानीमा मेक इन इण्डिया कार्यक्रम अन्र्तगत भारतमा नै फाइव एच हेलीकप्टर निर्माण गर्न सहमत भएका छन् । नवीकरण उर्जाको क्षेत्रमा भारत फ्रान्च विच युद्ध स्तरमा साझेदारी र सहकार्य बढेको । “सौर्य उर्जाको क्षेत्रमा संसारमा सबभन्दा पहिले भारत र फ्रान्स नै “पेरीस सोलार एलायन्स”को सम्झौताबाट अगाडि बढेका थिए । स्पेश, आणवीक, उर्जा, हरित क्रान्तीमा फ्रान्स र भारत कॉधमा कॉध मिलाएर अगाडि बढिरहेको छ ।

दुई मुलुकहरू विच व्यापारको प्रचुर सम्भावना भए तापनि हालसम्म २० विलियन भन्दा व्यापार अधिक बढेको छैन । हिन्दमहासागरीय क्षेत्रमा दुई मुलुकहरू विच सामरिक साझेदारी समेत रहेको छ । आउने दिनमा  अमेरिकाको राष्ट्रपति ट्रम्प हुन गएको खण्डमा फ्रान्स र भारतको दायित्व अझै बढ्ने जानकारहरूको बुझाई रहेको छ । ट्रम्प शासनमा आउन वित्तिकै अमेरिकी नीति अन्तरमुखी हुनेछ । अमेरिकाले विश्व राजनीतिमा हस्तक्षेप नगरेको खण्डमा विश्वमा अराजकता र अन्यौल बढ्ने कुरालाई नर्कान सकिदैन । अमेरिकाले अफगानिस्तानबाट सेना झिक्दा र मध्य एसियामा आफ्नो  सक्रियता घटाउदा त्यसको दस्तुर सारा संसारले तिरी रहेको छ ।

वर्तमान परिवेशमा लाल सागरमा हुती विद्रोहीले व्यापारिक कारोवारलाई अबरोध गर्दा अमेरिकाले लडाई गरिरहेको छ । अपेक्षाकृत ढङ्गले लाल सागरमा युरोप र एसियाको मात्र अधिक व्यापार रहेको छ । ट्रम्पको शासन काल  आएको खण्डमा हिन्द महासागरीय क्षेत्र लगायत विशवको अरू महत्वपूर्ण मुद्दाहरूमा भारत र फ्रान्सले आफ्नो अब्वल नेतृत्व पर्दशनको टड्कारो आवश्यकता हुन जान्छ । अर्थात् मोदी र माइक्रोनको रसायनको विश्व कूटनीतिमा समेत महत्व रहेको देखिन्छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना  !