|  

ह्वाट्सएपमा केही हेरफेर, यस्तो अवस्थामा पैसा तिर्नुपर्ने

१८ माघ, काठमाडौं ।  सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो इन्ष्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपमा केही अपडेट गरेको छ ।

अपडेटका साथै कम्पनीले एपमा केही हेरफेर पनि गरेको छ । एउटा परिवर्तन भने च्याट ब्याकअप स्टोरेजको सिफ्टिङमा गरिएको छ ।कम्पनीले गएको वर्ष नै आफ्नो अपडेटेड सर्त तथा बन्देजहरूमा सन् २०२४ को सुरुआतदेखि च्याट ब्याकअपका लागि ह्वाट्सएपको डेडिकेटेड स्पेसको प्रयोग नहुने घोषणा गरेको थियो । यसको लागि गुगल ड्राइभको प्रयोग गरिनेछ । नयाँ वर्षको पहिलो महिना सकिनै लागिसकेको छ ।

यसैबिच ह्वाट्सएपले च्याट र मिडिया ब्याकअपका लागि गुगल ड्राइभमा ट्रान्जिशन गरेको छ ।अर्थात् तपाईँले आफ्नो स्टोरेजलाई खाली राख्नु पर्नेछ वा अतिरिक्त स्टोरेजको लागि पैसा तिर्नु पर्नेछ । ब्याकअपका लागि अब तपाईँले गुगल क्लाउड सर्भिसको पेड वा फ्री प्लान चलाउन सक्नु हुन्छ ।

ह्वाट्सएप च्याटको ब्याकअप तपाईँले ह्वाट्स एपमा लिंक गर्नु भएको जीमेल एकाउन्टको गुगल ड्राइभोमा सेभ हुनेछ । अहिले गुगल ड्राइइभको स्टोरेज गुगल फोटो र जीमेलले ओगटिरहेको छ । अब ह्वाट्सएपको स्टोरेजले पनि यसलाई खाइदिनेछ ।