|  

शिक्षा सुधारका लागि वीरगन्जमा दबाब र्‍याली

२० माघ, काठमाडौं । विद्यार्थी परिषद्ले शिक्षा क्षेत्रको समग्र सुधारका लागि विद्यार्थी वीरगन्जमा बृहत् दबाब र्‍याली निकालेको छ ।

विद्यार्थी परिषद्ले प्रवेश, परीक्षा, परिणाम, पात्रो , पाठ्यक्रम जस्ता विषयहरूको सुधार गर्नका लागि वीरगन्जमा विद्यार्थी दबाब र्‍याली निकालेको हो । १ हजार भन्दा बढी विद्यार्थीहरूको सहभागीतामा बृहत् दबाब र्‍याली निकालिएको परिषद्ले जनाएको छ ।

र्‍यालीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छित राज न्यौपाने, परिषद्का जानकी प्रदेश अध्यक्ष डा. सुस्मा तिवारी, परिषद्का राष्ट्रिय सचिव, कविराज न्यौपाने, केन्द्रीय सदस्य, घनश्याम नायक, प्रदेश अध्यक्ष सुस्मा तिवारी, प्रदेश सहसचिव अभिषेक ठाकुर, विद्यार्थी नेता प्रभावकर चौरसिया लगायतले विशेष सम्बोधन गरेका थिए ।

विद्यार्थी परिषद्ले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारको लागि विद्यार्थी दबाब र्‍याली गरेको र देशका प्रमुख शहरहरूमा बृहत् दबाब एवम् आन्दोलनको गतिविधि अगाडि बढाउने विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छित राज न्यौपानेले बताएका छन् ।