|  

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

२३ माघ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिइसक्न भनेको छ । यसअघि ‘राजनीतिक भागबण्डा’का आधारमा नियुक्ति हुँदै आएका विश्वविद्यालयका उपकुलपतिका लागि पहिलोपटक खुला विज्ञापन आह्वान भएको हो ।

यसअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पनि खुला विज्ञापन आह्वान भएको थियो । त्रिविको उपकुलपतिका लागि दरखास्त ४३ जनाले दरखास्त दिएकामा हाल उनीहरुको आवेदन लगायत विश्वविद्यालय सुधारका लागि पेस भएका योजनाहरुको अध्ययन भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
Purbanchan_University_vacancy-1707182199.jpg