|  

होण्डाले ल्यायो बीएम ६ प्रविधिको एसपी १ सय २५ मोटरसाइकल

२४ माघ, काठमाडौं । होण्डा ब्राण्डले विभिन्न अत्याधुनिक प्रविधिहरू थप गरी होण्डा एसपी १२५ बीएस ६ मोटरसाइकल सार्वजनिक गरेको छ।

बीएस ६ प्रविधि भएकाले मोटरसाइकलले ग्राहकको दैनिकीलाई अझ बढी सहज, विश्वसनीय तथा भरोसायुक्त बनाउने नेपालका लागि आधिकारिक वितरक स्याकार टेडिङ्ग कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोटरसाइकलमा रहेको आर्कषक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने तथा आधुनिक प्रविधिको एसीज स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सुक्ष्म मधुर आवाजमा रुपान्तरित गरिदिन्छ ।

एलईडी हेडलाइट रहेको मोटरसाइकल ग्राहकको चाहना अनुसारको आर्कषक डिजाईन तथा रङ्गहरूमा उपलब्ध छ । होण्डा शोरुम वा होण्डा नेपालको आधिकारिक वेवसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरि सीमित अवधिका लागि मोटरसाइकल दुई लाख ७८ हजार ९ सय रुपैयाँमा बुकिङ गर्न सकिनेछ ।