|  

रवि लामिछानेको प्रश्नः पुराना दलहरुले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? 

२४ माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जग्गा कीर्ते, नागरिकता कीर्ते गर्ने, सहकारीका ठगहरुलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले काम गर्न पुराना दलहरुलाई नयाँ दलले कहीँ नरोकेको स्पष्ट पारे ।‘वर्षौंदेखि चल्दै आएको संसदलाई आरोप प्रत्यारोप छेडखानी गर्ने ठाउँभन्दा फरक ढंगले जाऔं भन्ने प्रस्तावसहित आएको छु । यदि धोचपेच र ज्ञान बाँड्ने थलो बनाउने हो भने एकपटक सुरुआत आफ्नै दलबाट सुरु गर्दा पनि राम्रो हुन्छ होला ।

आफ्नै दलतिर फर्केर हेर्दा पनि हुन्छ होला । नयाँ दलतिर फर्केर हेर्न खोजेको हो भने नयाँ दल त ७२ घण्टा छुट्याएर कारबाही गर्ने दल हो ।पुराना दलहरुले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरु अझै पदाधिकारीको रुपमा रहन्छन् ।

त्यहाँ हेर्ने हो कि ? विश्व विद्यालयलाई राजनीतिक मुक्त गर्छु भनेर गरिएको भाषणलाई कार्यरुप दिनलाई विश्वविद्यालयमा भ्रातृ संगठन नराख्ने निर्णय गरेर काम अघि बढाउने हो कि ? सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि ?