|  

एआईले बनाएका सबै ‘फेक’ तस्बिरमा लेबल लगाउँदै फेसबुक र इन्ष्टाग्राम

२४ माघ, काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुक र इन्ष्टाग्रामको मातृ कम्पनी मेटाले कृत्रिम बौद्धिकता अर्थात् एआई टूलहरूको प्रयोग गरेर बनाइएको तस्बिरलाई चिनेर त्यस्ता तस्बिरमा लेबल राख्ने प्रविधि बनाइरहेको छ ।

यो प्रविधिलाई कम्पनीले फेसबुक, इन्ष्टाग्राम र थ्रेड्सको प्लेटफर्ममा प्रयोग गर्नेछ । आफ्नो प्रणालीबाट बनाएको एआई तस्बिरलाई मेटाले यसअघि नै लेबल लगाउन थालिसकेको थियो । नयाँ प्रविधि विकासको क्रमै रहेको बताइएको छ । यसले एआईको बिगबिगीलाई नियन्त्रण गर्न सहयोग गर्ने अपेक्षा कम्पनीको छ ।

कम्पनीले प्रयोगकर्ताहरूलाई एआई प्रयोग गरेर बनाइएका अडियो भिडियोमा आफैँले लेबल लगाउन भनेको छ । यस्तो नगर्नेलाई कम्पनीले दण्डित गर्ने चेतावनी दिएको छ ।