|  

कक्षा १ देखि नै सूचना प्रविधि सम्बन्धी कोर्स समावेश गर्न छलफल गर्दैछौंः मन्त्री शर्मा 

२५ माघ, काठमाडौं । सरकारले कक्षा १ देखि नै सूचना प्रविधि सम्बन्धी कोर्स समावेश गर्न छलफल थालेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १६औं योजना निर्माणका सन्दर्भमा कक्षा १ देखि नै सूचना प्रविधिको पढाइ सञ्चालनका लागि छलफल भइरहेको बताएकी हुन् । राजधानीमा क्यान इन्फोटेक २०२४ उद्घाटन गर्दै उनले यस विषयमा राष्ट्रिय योजना आयोगसँग छलफल भइरहेको जानकारी दिइन् ।

‘यसका निम्ति वातावरण बनाउन तथा डिजिटल रुपान्तरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाको सहयोगको अपेक्षा गर्दछौं,’उनले भनिन् । सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको उनले बताइन् ।