|  

राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

२६ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका लागि राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन् ।

यस्तै नेपाल गणतन्त्र पोर्चुगलका लागि राजदूत नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।